दफा ३४
निलम्बन वा रद्द गरिएको सूचना
(१) दफा ३२ वा ३३ बमोजिम प्रमाणपत्रको निलम्बन वा रद्द गरिएकोमा त्यसरी प्रमाणपत्र रद्द गर्ने वा निलम्बन गर्ने प्रमाणीकरण गर्ने निकाय वा नियन्त्रकले सोको अभिलेख राखी त्यसको सूचना सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निलम्बन वा रद्द गरिएको सूचना यथाशीघ्र ग्राहकलाई दिनु पर्ने दायित्व प्रमाणीकरण गर्ने निकायको वा अवस्था अनुसार नियन्त्रकको हुनेछ ।